एमालेका पूर्व सांसदले किन मध्यराति नै एमाले त्यागे ? अब विष्णुलाई देखाईदिने 

बुधबार, पुस १६, २०८२

नेकपा (एमाले)का नेता एवं निवर्तमान सांसद बासुदेव घिमिरेले पार्टी परित्याग गरेका छन् । घिमिरेले आम नागरिकको अपेक्षालाई सम्बोधन गर्नु अहिलेको आवश्यकता भएको बताउँदै मंगलबार राति पार्टी परित्यागको घोषणका गरेका हुन् ।

‘पुराना राजनीतिक दलहरूको मुख्य नेतृत्वले मुलुकको आम जनताको इच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले आजको दिनदेखि म संलग्न रहेको पार्टीको जिम्मेवारीदेखि अलग रहेको छु’, घिमिरेले सामामाजिक सञ्जालमा भनेका छन् ।

घिमिरे अघिल्लो प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रुपन्देही– ५ बाट निर्वाचित भएका थिए । तर, अब भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुपन्देही– २ बाट चुनाव लड्ने तयारी गरेको स्रोतले जनाएको छ । उनले अहिले चुनाव लड्न चाहेको निर्वाचन क्षेत्रबाट अघिल्लो चुनावमा एमालेका उपाध्यक्ष विष्णु पौडेल निर्वाचित भएका थिए । घिमिरे हालसालै सम्पन्न एमालेको ११ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए। 

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  १२:३३
प्रतिक्रिया दिनुहोस्