सोसल मिडिया
युनिकोड
सुशीला कार्की सरकारको तीन मन्त्रालयका एक्ला मन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ उपसभापति बन्ने भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने सहमती भएसँगै उज्यालो नेपाल पार्टीका संरक्षक घिसिङ वरिष्ठ उपसभापति हुने भएका हुन् ।
सोमबार रास्वपाका सभापति रवि लामिछानेसँग भएको वार्तामा दुई पार्टी एकीकरणको सहमती जुटेको हो। सहमती अनुसार घिसिङले दोस्रो वरियतासहित वरिष्ठ उपसभापति पाउने र रास्वपाको महामन्त्री पनि उज्यालो नेपाल पार्टीबाटै बनाइने भएको छ।
त्यस्तै समानुपातिक तर्फ १६ प्रतिशत भन्दा बढी भाग कुलमानलाई दिन रवि र बालेन राजी भएको बताईएको छ।