हर्कको पार्टीको समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगले किन गरिदियो फिर्ता ?

आइतबार, पुस १३, २०८२

आगामी निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची पेस गर्न निर्वाचन आयोगको कार्यालय पुगेका केही दललाई आयोगले फिर्ता पठाएको छ ।

आज र भोलि समानुपातिकतर्फको बन्द सूची पेस गर्नुपर्ने आयोगको निर्णयअनुसार आयोगमा पुगेका दलहरूलाई प्रक्रिया नपुगेको भन्दै फिर्ता पठाएको हो ।

आयोग स्रोतका अनुसार श्रम सँस्कृति पार्टी र राष्ट्रवादी युवा मोर्चालाई प्रक्रिया पूरा गरेर आउन आग्रह गर्दै फिर्ता पठाइएको हो । श्रम सँस्कृति पार्टी धरानका मेयर हर्क साम्पाङ्गको हो। 

'उहाँहरू बन्द सूची दर्ताका लागि आउनुभएको थियो, तर कागजात पूरा नभएकाले फिर्ता पठाएका हौं,' आयोग स्रोतले भन्यो । आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्नका लागि आज र भोलिको समय तोकेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिकतर्फको बन्द सूचीका बारेमा आयोगले पुस १५ देखि २० गतेसम्म छानबिन गर्ने छ ।

प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  १३:३४
प्रतिक्रिया दिनुहोस्