पूर्व उपप्रधानमन्त्री रवि र भावी प्रधानमन्त्री बालेनले हुनेवाला सांसद आजैदेखि छान्ने 

आइतबार, पुस १३, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उमेदवार पार्टी सभापति रवि लामिछाने र बालेन साह बसेर छान्ने भएका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रास्वपाबाट भावी प्रधानमन्त्री र दोस्रो वरीयताको नेता हुन रविसँग सहमति गरेसँगै आसन्न प्रतिनिधिसभा निर्वाचनको समानुपातिक उम्मेदवार दुवैजना बसेर छान्ने भएका हुन् । रवि भने पूर्व उपप्रधान तथा गृहमन्त्री हुन्। 

रास्वपाका नेता शिशिर खनालले समानुपातिक सूची बुझाउने म्याद भोलि सम्ममात्रै बाँकी रहेकाले दुवै जना बसेर सूची तयार गर्ने जानकारी दिए ।

निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको राजनीतिक दलहरुलाई समानुपातिकतर्फ उम्मेदवारको सूची बुझाउने समय भोलिसम्म दिएको छ ।
 

प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  १२:५९
प्रतिक्रिया दिनुहोस्