सोसल मिडिया
युनिकोड
गृह मन्त्रालयले १२ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी खटाएको छ ।
भोजपुरको सिडिओमा राजन पौडेल खटाईएका छन् । उनी योजना आयोगबाट गृहमन्त्रालय छिरे लगत्तै सिडिओ पड्काएका हुन् ।
त्यस्तै, गृहले कारागार व्यवस्थापन विभागको महानिर्देशकमा नुवाकोटका सिडिओ शशीधर घिमिरेलाई ल्याएको छ। नुवाकोटमा भने सिडिओ खटाएको छैन।
गृहले पर्वतमा लक्ष्मीप्रसाद पौडेल, खोटाङमा रेखा कँडेल, प्युठानमा शान्तिराज प्रसाईं , उमेश ढुंगाना लमजुङ र मदन कोइरालालाई कञ्चनपुर खटाएको हो।
पर्वतका सिडिओ हरिप्रसाद घिमिरे दोलखा पुगेका छन्। तनहुँका सिडिओ रामकृष्ण अधिकारी सिन्धुपाल्चोक, भोजपुरका सिडिओ शिवलाल तिवारी तनहुँ, कञ्चनपुरका सिडिओ लक्ष्मण ढकाल इलाम र प्युठानका सिडिओ दिपकराज नेपाल नवलपरासी पश्चिमको सिडिओमा सरूवा भएका छन्। सल्यानमा भने सहसचिवको बढुवाको मुखमा रहेका उपसचिव महेन्द्रकुमार सापकोटालाई सिडिओमा खटाइएको हो।
लमजुङको सिडिओ टोकराज पाण्डे, इलामको सिडिओ सुनिता नेपाल, खोटाङको सिडिओ कल्पना श्रेष्ठ, दोलखाका सिडिओ नारायणप्रसाद रिसाल, सल्यानका सिडिओ नेत्रप्रसाद सुवेदी, नवलपरासी पश्चिमका सिडिओ कृष्णप्रसाद लम्साल, सिन्धुपाल्चोकका सिडिओ बन्धुप्रसाद बाँस्तोला र बाराको सिडिओ धर्मेन्द्रकुमार मिश्र गृहबाट आउट भएका थिए। नुवाकोट र बारालाई भने सिडिओ बिहिन बनाईएको छ ।