आफ्नै बोली र अडानलाई आफैंले उडाएर प्रधानमन्त्री सुशीलाको पाँचौं उडान

शुक्रबार, पुस ११, २०८२

प्रधानमन्त्री सुशीला कार्कीले पाँचौं पटक मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन्।  सुशासनको माग गर्दै भएको जेनजी आन्दोलनको उभारले गठन भएको वर्तमान चुनावी सरकार छैठौं पटकमा १५ सदस्यीय हुने भएको हो। 

आज (शुक्रबार) उनले नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्रमन्त्री बनाउने भएकी हुन्। शर्माको शपथ आजै दिउँसो तीन बजे हुने निश्चित गरिएको छ। 

२०८२ भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी उनले आफू नियुक्त भएको मितिलाई समेत जोडेर छैठौ पटक क्याबिनेट विस्तार गरेकी हुन्। भदौ ३० गते हुँदै असोज छ गते समेत उनले सरकार विस्तार गरिन। त्यस्तै कार्तिक ९ गते र मंसीर २६ गते पनि उनले सरकार विस्तार गरेकी हुन्।  आज पनि थप एक मन्त्री नियुक्त गरेर उनले सरकार बनेको दिन यता छैटौ पटक सरकार विस्तार गरेकी हुन्। 

११ सदस्यीय सरकार बनाउने घोषणा गरेकी हुनाले त्यसमा ४ थपेर १५ बनाएकी हुन्। आफ्नै बोली र अडानलाई आफैंले उडाएकी छन्। अझै रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीकै काँधमा छ। 

हेर्नुहोस् सूची :

१. सुशीला कार्की, प्रधानमन्त्री (रक्षा मन्त्रालयको पनि जिम्मेवारी)

२. रामेश्वर खनाल : अर्थ; संघीय मामिला तथा सामान्य प्रशासन

३. कुलमान घिसिङ : ऊर्जा, जलस्रोत तथा सिँचाइ; भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास

४. ओमप्रकाश अर्याल : गृह

५. अनिलकुमार सिन्हा : उद्योग, वाणिज्य तथा आपूर्ति; कानुन, न्याय तथा संसदीय मामिला; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

६. महावीर पुन : शिक्षा, विज्ञान तथा प्रविधि

७. मदन परियार : कृषि तथा पशुपन्छी विकास

८. जगदीश खरेल : सञ्चार तथा सूचना प्रविधि, 

९. सुधा गौतम : स्वास्थ्य तथा जनसंख्या 

१०. बब्लु गुप्‍ता : युवा तथा खेलकुद

११. कुमार इङ्नाम : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

१२. राजेन्द्रसिंह भण्डारी : श्रम, रोजगार तथा सामाजिक सुरक्षा र खानेपानी मन्त्रालय 

१३. माधव चौलागाईं : वन तथा वातावरण

१४. श्रद्धा श्रेष्‍ठ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

१५. बालानन्द शर्मा : परराष्ट्र मन्त्री

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  १३:५८
प्रतिक्रिया दिनुहोस्