सुशीला कार्की सरकारका यी हुन् सम्पत्ति विवरण नबुझाउने चार मन्त्री

शुक्रबार, पुस ११, २०८२

सुशासन कायम गराउन र निर्वाचन गराउन गठन भएको अन्तरिम सरकारका केही मन्त्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पत्ति विवरण बुझाएका छन्। प्रधानमन्त्री कार्की सहितका अन्य नौ मन्त्रीको सम्पत्ति विवरण भने सार्वजनिक गरिएको छैन । 

पछिल्लो किस्तामा नियुक्त भएका चार मन्त्रीले सम्पत्ति विवरण नबुझाएका हुन्। सम्पत्ति विवरण नबुझाउने मन्त्रीहरूमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नाम, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारी, वन तथा वातावरण मन्त्री माधव चौलागाईं र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्‍ठ छन्। 

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  १३:१०
प्रतिक्रिया दिनुहोस्