हूलका हूल अड्डाका मान्छे बोकेर बालेनको सवारी गोदावरी रिसोर्ट तर्फ किन सोझियो ?

शुक्रबार, पुस ११, २०८२

राजनीतिक पार्टी हाँक्न तम्सिरहेका बालेन साहले आफू काठमाण्डौको मेयर निर्वाचित भएपछि पहिलो पटक नगरसभाको बैठक होटलमा राखेका छन् ।

रातै बिताउने गरी महानगरको जम्बो टोलीका लागि ललितपुरको गोदावरी रिसोर्ट बुक गरिएको छ ।

भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा सुरु भएको १८औँ नगरसभा र ४५औँ कार्यपालिकाको बैठकको समापन भने गोदावरीमा हुने भएको हो । जनप्रतिनिधिको टोलीको दिवा भोज उतै गोदावरी रिसोर्टमा हुने भएको छ ।

खान्तेपिन्ते सकेर सोही रिसोर्टमा हुने बैठकले ऐन संशोधन गर्नेछ। आजको रात त्यहिँ बिताएर शनिबार अबेर मात्र बालेन टोलीले रिर्सोट छोड्ने छ । बालेनले उतै रात बिताउँछन् कि फर्किन्छन्, त्यो भने खुलिसकेको छैन ।dc_GVpQ3A6i2l-1766727807.png

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  ११:२५
प्रतिक्रिया दिनुहोस्