मध्यरातसम्म रविको नाडी छामेका बालेनले बेग्लै बाटो बनाउने, किन लागेन फल ?

बिहीबार, पुस १०, २०८२

सहकारी ठगी काण्डमा जेलमा थन्किएका रवि लामिछानेलाई अदालतले बाहिर निकालेपछि उनले राजनीति भेटवार्तालाई तीब्र पारे। उनले काठमाडौँ महानगरका मेयर बालेन साहलाई दुई पटक भेटे। मध्यरात १ बजे सम्म रवि र बालेन दुबैले दुबैको नाडी छामाछाम पनि गरे। 

मिलेर जाने सहमति भएको प्रचार पनि गराईयो। तर, रवि सँग सहकार्य हुन नसक्ने निचोडमा पुगेका बालेनले आफैं बाटो तताएर राजनीतिक भेटवार्तालाई एकाएक तीब्र पारेका छन्। उनले हिजो बुधबार मात्र दर्जनौ सँग भेटेका थिए। 

बालेनको शृङ्खलाबद्ध भेटघाट आज बिहिबार पनि जारी छ।  आज बिहान मात्रै उज्यालो नेपाल पार्टीका पहलकर्ता कुलमान घिसिङसँग भेट गरेका छन् । ललितपुरको ज्वागलमा कुलमानपछि बालेनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग छलफल गरिहेको स्रोतले जनाएको छ । केही दिनअघि बालेन र रविबीच ६ घण्टा लामो संवाद भएको थियो ।

तर, संवाद फलदायी नभएपछि बालेनले आफैँ अन्य नेता र समूह मिलेर नयाँ पार्टीमा अग्रसर हुने तयारी गरेका छन् । रविपछि बालेनसँग भेट्न जेन–जी अगुवा सुधन गुरुङ ज्वागलमा लाइनमा कुरिरहेका छन् । बालेन अलग्गै पार्टी हाँकेर मैदानमा उत्रने अन्तिमा दाउमा छन्। 

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  १२:४८
प्रतिक्रिया दिनुहोस्