सोसल मिडिया
युनिकोड
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आफ्नै नेतृत्वमा पार्टी बनाएर अघि बढ्न कस्सिएका छन् ।
उनले बुधबार ललितपुरको कुपन्डोलमा करिब ७ घण्टा फरक– फरक क्षेत्रका व्यक्तित्वसँग कुराकानी गरेको छलफलमा सहभागी एक नेताले जानकारी दिए ।
निकट एक नेताले दिएको छलफलमा रास्वपा सभापति रवि लामिछाने र बालेनबीचको भेटले सार्थकता पाउने सम्भावना निकै कम रहेकाले अहिले भेटलाई तीव्रता दिइएको हो ।
निर्वाचन आयोगमा समानुपातिक सूची बनाउने समय निकै नजिक आएकाले अहिले छलफललाई तीव्रता दिनुपरेको ती नेताले जानकारी दिए ।बुधबारको छलफलमा पत्रकार, उद्योगी, व्यवसायी, जेनजी प्रतिनिधि, केही दलका नेताहरुलगायतसँग पनि भेट गरेका थिए ।
विवेकशील पार्टी छाडेका मिलन पाण्डे, रमेश पौडेल, जेनजी प्रतिनिधि रक्षा बम, सीके राउत, रेशम चौधरी, सुरज सिंह ठकुरी, सम्भव सिरोहिया, ऋषि धमलालगायतसँग छलफल गरेको स्रोतले जानकारी दियो ।
बालेनले कुन पार्टीलाई अघि बढाउने भन्ने कुनै निर्णय नभए पनि यसअघि लौरो चुनाव चिह्न लिएर निर्वाचन आयोगमा दर्ता भएको पार्टीको नेतृत्व गरेर जाने विषयमा छलफल भएको थियो । आज पनि उनले छलफल गरिरहेकै छन्।