काठमाडौँका सिडिओको सहयोगमा प्रधानमन्त्री राजीनामा माग्दै जेनजीको आन्दोलन 

बुधबार, पुस ९, २०८२

तीन दिनदेखि काठमाडौंको माइतीघर मण्डलामा जेनजी अगुवा मिराज ढुंगाना नेतृत्वमा संयुक्त जेनजी आन्दोलन जारी छ । जेनजीको भावनाअनुरूप सरकारले काम गर्न नसकेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरिएको छ ।
 
जेनजी अगुवा हरिश भट्टका अनुसार, प्रशासनको अनुमति नदिएपछि दैनिक प्रहरीले हटाउन खोजिरहेको छ । 

प्रशासनले अनुमति नदिएपनि ढुंगाना लगायतले दुई दिनदेखि आन्दोलन गरिरहेकै छ। उनीहरूलाई धपाउन प्रहरीले सकेको छैन। काठमाडौँका सिडिओ इश्वर पौडेलले आफूहरुलाई गुप्त सहयोग गरिरहेको आन्दोलनकारीको भनाई छ। 
 
संविधान पुनर्लेखनसँगै सर्वपक्षीय सरकार गठन गरी देशलाई निकास दिनुपर्ने माग जेनजीहरूको छ । पहिलो दिन सोमबार (पुस ७) प्रहरीले दुई दर्जनभन्दा बढी जेनजीलाई नियन्त्रणमा लिएको थियो । 

त्यसपछि मंगलबार (पुस ८) बिहान प्रहरीलाई फूल दिएर सुरु भएको प्रदर्शनमा दिउँसो प्रहरीले लाठीचार्ज गरेको थियो ।

प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  १३:३७
प्रतिक्रिया दिनुहोस्