सोसल मिडिया
युनिकोड
विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरको कार्यकाल १२ पुसमा सकिने भएको छ । संविधानमा उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म सभामुख र उपसभामुखको कार्यकाल रहने भनेकाले उनीहरुको कार्यकाल १२ पुससम्म रहने भएको हो ।
संविधानको धारा ९१(६)(क) मा भनिएको छ, ‘प्रतिनिधिसभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधिसभाका सभामुख र उपसभामुख प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहनेछन् ।’
यसैगरी, ‘ऐनको दफा २८(८) मा ‘दलले यस दफाबमोजिम तयार भएको उम्मेदवारको बन्दसूची दफा ७ को उपदफा (३) बमोजिम तोकिएको समयभित्र आयोगमा पेस गर्नुपर्नेछ । यसरी बन्दसूची आयोगमा पेस गरेपछि उम्मेदवारको मनोनयन गरेको मानिनेछ’ भनिएको छ ।
निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि १३ र १४ पुसमा समानुपातिकतर्फको बन्दसूची बुझाउने समय तोकेको छ । बन्दसूची बुझाएपछि उम्मेदवारको मनोनयन गरेको मानिने आयोगले जनाएको छ ।