के रवीन्द्र मिश्र त्रिकालदर्शी हुन् ? होइनन् भने पशुपतिमाथि यसरी गरे किर्ते झेल

सोमबार, पुस ७, २०८२

मान्छे चाहिने भन्दा ज्यादा बाठो भयो भने कसरी चिप्लिन्छ भन्ने अनेक दृष्टान्तलाई बिर्साउने काम एक्ला रवीन्द्र मिश्रले गरेका छन् । पत्रकारिताको जगमा राजीतिमा बामे सर्दा सर्दै बारम्बर मर्किरहेका उनले केहि दिन अघि फेरि आफैलाई आफैंले मर्काएका हुन् ।

भाँती पुर्याएर बोल्नु र रित पुर्याएर काम गर्न नजान्नुको उदाहरण पेश गर्दै आएका उनी अति जान्ने हुदाँ झन् उध्रिएका हुन् ।

राप्रपाको वरिष्ठ उपाध्यक्षको हैसियतमा रहेका मिश्रले केही दिन अघि एउटा निर्णय गराए । गत भाद्र २३ र २४ को जेनजी आन्दोलन पछि बनेको चुनावी सरकारले फागुन २१ गतेलाई प्रतिनिधि सभा निर्वाचनको मिति तोकेको छ । राजनीतिक दललाई उम्मेद्वार छान्ने चटारो छ । राप्रपालाई पनि त्यहिँ चटारो छ । राप्रपाले काठमाण्डौं क्षेत्र नम्बर १ मा पार्टीका वरिष्ठ नेता पशुपति शमशेर राणा, पार्टीका सह कोषाध्यक्ष शोभित उप्रेती सहितको नाम सिफारिश गरेर केन्द्रलाई पठाएको छ ।

राप्रपा काठमाण्डौ १ को क्षेत्रीय समितिले पुस १ गते बैठक बसेर केन्द्रमा नाम सिफारिश गरेको थियो । यो कुरा मिश्रले केहीदिन पछि मात्र थाहा पाए । हुन त क्षेत्र नं १ का चारवटै वडाको अधिवेशनमा नदेखिएका मिश्रले सिफारिशको निर्णय तुरुन्तै थाहा पाउने कुरा पनि थिएन ।

चिया पसलमा आफ्नै कविता सुनाउने चटारोले अति व्यस्त भएका कारण उनलाई राप्रपाका वडाले सम्झिदा पनि सम्झिएनन् । एकाएक राणाको नाम सिफारिश भएको मेसो पाएपछि उनको कानमा बतास लाग्यो। नलागोस् पनि किन, उनी काठमाण्डौ १ बाटै दुईपटक पराजित उम्मेदद्वार नै हुन् । यो पटक जसरी पनि माननीय बन्ने अभियानमा लागेका उनी सिफारिशमै नपरेपछि मर्माहत बनेको उनी निकट एक नेताले बताए ।

सिफारिशमा नपरेपछि स्थनिएका मिश्रले एक बिहान क्षेत्र नं. १ का राप्रपाका क्षेत्रीय अध्यक्ष रामेश्वर श्रेष्ठलाई चिया पिउन बोलाए । पहिले नै आफू निकटलाई भेला गरेर बसेका मिश्रले एउटा पानामा कसैलाई केही लेख्न लगाएर क्षेत्रीय अध्यक्षलाई हस्ताक्षर गराए । कविता सुनाउने कार्यक्रमका बीच जालसाझी गरेर आफूलाई उम्मेद्वार सिफारिश त गराए तर त्यो काइते सिफारिश भएको प्रमाण पनि त्यहि सिफारिश पत्रमै समावेश गराएका छन् ।

त्यो प्रमाण के हो भने, उनले सिफारिश गराएको भनिएको केन्द्रलाई पठाएको पत्रमा बैठक बसेको मिति २०८२ भदौ ६ गते उल्लेख छ । भदौ ६ गते बसेको राप्रपा क्षेत्रीय समितिको बैठकले फागुन २१ गते हुने भनिएको निर्वाचनमा रविन्द्र मिश्रलाई काठमाण्डौ १ को उम्मेद्वार सिफारिश गरेको हो।

अब प्रश्न उठ्छ, के मिश्रलाई भदौ ६ गते नै भदौ २३ र २४ मा जेनजी आन्दोलन हुन्छ त्यसपछि सुशीला कार्की प्रधानमन्त्री हुन्छिन् र भदौ २१ मा चुनाव घोषणा हुन्छ भन्ने थाहा थियो ? के उनी त्रिकालदर्शी हुन् ? हुन् भने उनलाई राज्यले किन मानमनितो गर्दैन ? होइन भने उनलाई किर्ते गरेको अभियोगमा किन कोर्रा नहान्ने ? राप्रपा जनले प्रश्न गर्न थालेका छन् ।

मिश्रले अनावश्यक बखेडा झिकेको र उनलाई चाहिँदो कारवाही हुनुपर्ने आवाज उठ्न थालिसकेको छ । अर्कातिर भदौमा क्षेत्रीय समितिले पठाएको किर्ते पत्र मंसीरमा बुझ्ने केन्द्रीय कार्यालय माथि पनि छानबिन गर्न राप्रपा क्षेत्र नं.१ का अगुवा कार्यकर्ताले माग गरेका छन् ।

किर्ते पत्रका अधारमा मिश्रले मच्चाएको आतंकको खुलेर भण्डाफोर गर्न क्षेत्रनं. १ का चारैवडाका अध्यक्ष र सचिवले पुस ७ गते बैठक बसेर निर्णय गरिसकेका छन् । उनीहरुले पूर्व पार्टी अध्यक्ष राणा नै आधिकारिक उम्मेद्वार भएको भन्दै भ्रममा नपर्न अपील समेत गरेका छन् ।collage-(48)-1766385051.jpg

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  १२:१७
प्रतिक्रिया दिनुहोस्