सोसल मिडिया
युनिकोड
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र दुई पटक उम्मेदवार भएर दुवै पटक पराजित भएको काठमाडौँ क्षेत्र नम्बर १ बाट फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बन्नबाट बन्चित भएपछि तिल्मिलाएको विषय सतहमा आएको छ।
पार्टीको वडा अधिवेशनमै उपस्थित नभएका मिश्रले मनमौजी काठमाडौँ क्षेत्र नम्बर १ बाट एकल सिफारिश भएको समाचार प्रवाह गराएर उनले अनाधिकृत काम गरेको राप्रपाका नेताले बताएका छन्। वडा नम्बर ३१, वडा नम्बर २९, वडा नम्बर १० र वडा नम्बर ११ को अधिवेशनमा मिश्रको छाया समेत नदेखिएको भन्दै ती नेताले मिश्र काठमाडौँ- १ मा बहिस्कृत भएको जनाएका छन्।
निर्वाचन आयोगमा राप्रपाले बुझाएको सूचीमा मिश्रको नामै छैन। मिश्रलाई आयोगले वरिष्ठ उपाध्यक्ष भनेर चिन्दै नचिन्ने ती नेताको भनाई छ। तर तिनै मिश्रले कविता सुनाउने नाममा झुक्याएर केहीलाई बोलाएर आफैं आफ्नो नाम प्रतिनिधिसभाको काठमाडौँ-१ को राप्रपाको उम्मेदवार सिफारिश भएको डंका पिटेपछि राप्रपा मुख्यालयमै तरंग पुगेको छ।
काठमान्डौ क्षेत्र नम्बर- १ को राप्रपाको क्षेत्रीय समितिको बैठकले एक साता अघि नै उम्मेदवारको सिफारिस गरिसकेको छ। जसमा मिश्रको नामै छैन। वडा अधिवेशनको मेसो नै नपाएका उनको नामै सिफारिश नभएको बुझिएको छ। काठमान्डौ-१ मा काठमाडौँ महानगरका वडा १०, ११, २९ र ३१ छन्। ती चारै वडाको अधिवेशनमा नपुगेका मिश्रले लाजमर्दो पाराले आफू काठमाडौँ-१ को उम्मेदवार भएको भन्दै जग हसाउने काम गरेको राप्रपा नेताको दाबी छ।
मिश्रले भने क्षेत्रीय समितिमै नभएका मान्छे वोलाएर आफ्नो नाम सिफारिस गरेका हुन्। राप्रपाको क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष रामेश्वर श्रेष्ठले मिश्रको प्रस्ताव नमानेपछि मिश्र आफैंले एउटा कापी किनेर आफ्नो नाम अरु कसैलाई लेख्न लगाएर एकल सिफारिस गरेको भन्दै सामाजिक संजालमा भ्रम फैलाएको क्षेत्र नम्बर १ का राप्रपाका नेताको भनाई छ। मिश्रले गरेको किर्ते रवैयाको चर्को आलोचना समेत हुन थालेको छ।
मिश्रले माफी नमागे प्रतिकारमा उत्रने भन्दै राप्रपाका युवा नेताहरुले एउटा दस्ता नै तयार गरिसकेको बुझिएको छ। राप्रपाको क्षेत्रीय समितिले भने पार्टीका वरिष्ठ नेता पशुपति समशेरको नाम काठमाडौँ-१ बाट सिफारिश गरिसकेका बेला मिश्रले निहुँ खोज्न थालेका हुन्।