ओलीका सदाबहार दाहिनालाई देब्रे योगको संकेत, बैगुनीलाई पनि खड्गो

बिहीबार, पुस ३, २०८२

एमालेको नेतृत्वका लागि भइरहेको प्रतिस्पर्धामा संस्थापन पक्षले प्रभूत्व बनाइरहँदा अध्यक्ष केपी शर्मा ओलीका निकटस्थ मानिने नेता विष्णु रिमाल भने ‘असुरक्षित’देखिएका छन् । ओलीको बिहे गराउने व्यवस्थाको चाँजोपाँजो मिलाएका दिनदेखिका दाहिना रिमाललाई महाधिवेशन प्रतिनिधि देब्रे भएका हुन्। 

सातजनाले उपमहासचिवका लागि उम्मेदवारी दिएकोमा ४ जनाबीच कडा टक्कर देखिएको छ । विष्णु रिमाल अहिलेसम्म चौथो स्थानमा छन् । उनी उक्लिने संकेत समेत छैन। 

पछिल्लो अपडेटअनुसार उपमहासचिवमा लेखराज भट्टराई सर्वाधिक मत आएको छ । माओवादी पृष्ठभूमिबाट आएका उनी यसअघि सचिव थिए । संस्थापन पक्षले फेरि पनि सचिवमा नै उठाउन चाहेपछि उनले विद्रोह गर्दै उपमहासचिवमा उम्मेदवारी दिए । अन्ततः संस्थापनले उनलाई आफ्नो प्यानलमा उपमहासचिवमै राखेको छ । यसअघि उपमहासचिवमा राखिएका भानुभक्त ढकाललाई सचिवमा झारिएको थियो ।

लेखराजपछि रघुवीर महासेठ दोस्रो स्थानमा छन् भने ईश्वर पोखरेल प्यानलका योगेश भट्टराई तेस्रोमा छन् । रघुवीर र योगेशबीच ३ भोटको मात्र अन्तर छ । पछिल्लो अपडेट अनुसार रघुवीरले २६७ मत ल्याउँदा योगेशले २६४ मत ल्याएका छन् ।

संस्थापन पक्षका उम्मेदवार विष्णु रिमाल २३० मतका साथ चौंथो स्थानमा रहेका छन् । अहिल्यै उनी प्रतिस्पर्धाबाट बाहिर भने भइसकेका होइनन् । भोटको रफ्तार बढाए भने टप थ्रीमा अटाउन पनि सक्छन् । उनी रिस्कमा भने अवश्य छन् । उनी पराजित भएको खण्डमा अध्यक्ष ओलीलाई धक्का लाग्नेछ । उनी हार्नु भनेको ओली स्तब्ध हुनु सरह हुने एक नेताले बताए। 
 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १२:१३
प्रतिक्रिया दिनुहोस्