महेश बस्नेतले निरन्तर हाने बाँकटे, सचिवमा को-को छन् अगाडि ?

बिहीबार, पुस ३, २०८२

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा युवा नेता महेश बस्नेतले आफ्नो बलियो उपस्थिति प्रमाणित गरेका छन्। ९ जना सचिवका लागि भएको कडा प्रतिस्पर्धामा बस्नेतले  सर्वाधिक लोकप्रिय मतसहित अग्रता लएका हुन्।

रोचक प्रतिस्पर्धाको सुरुवाती चरणमा पद्मा अर्याल अगाडि देखिए पनि दोस्रो अपडेटसम्म आइपुग्दा बस्नेतले उनलाई उछिनेका छन्। पछिल्लो नतिजा अनुसार महेश बस्नेत र छविलाल विश्वकर्माले समान ३ सय ११ मत प्राप्त गरी संयुक्त रूपमा पहिलो स्थान ओगटेका छन्। यसअघि अग्रस्थानमा रहेकी अर्याल ३०५ मतका साथ तेस्रो स्थानमा छिन्। त्यस्तै, शेरधन राई ३०० मतसहित चौथो स्थानमा रहेका छन्।

सचिवको 'टप ९' को सूचीमा हिक्मत कुमार कार्की, यामलाल कँडेल, खगराज अधिकारी, भानुभक्त ढकाल र राजन भट्टराई पनि अटाएका छन्। यो नतिजाले सचिवमा संस्थापन पक्षको वर्चस्व रहेको संकेत गरेको छ।

केपी शर्मा ओलीको 'कोर टिम'का भरपर्दो खम्बा मानिने बस्नेतले पार्टीभित्र युथ फोर्सको परिचालन र ओलीको पक्षमा प्रखर भूमिका निर्वाह गर्दै आएका थिए। पछिल्लो समय सामाजिक सञ्जाल र युवा पुस्तामाझ उनको प्रभाव बढेको थियो।

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १२:०७
प्रतिक्रिया दिनुहोस्