सोसल मिडिया
युनिकोड
चर्चित गायिका ज्योति मगर नेकपा (एमाले)को चुनावी प्रचारमा सहभागी भएकी छन् । आज पुस १ गते उनी काठमाडौंको भृकुटीमण्डपस्थित एमालेको महाधिवेशनस्थलमा प्रकट भएकी छिन्। स्टेज कार्यक्रम तताउने मगर भृकुटीमण्डप पुगेर एमाले महाधिवेशन तताउने होडमा छिन्।
उनले उपाध्यक्ष पदका उमेदवार पृथ्वी सुब्बा गुरुङलगायत नेताका निम्ति मत मागेकी छन् । उनीहरूको प्रचार गरेकी छन् । ११औँ महाधिवेशनअन्तर्गत एमालेको चुनावी प्रक्रिया जारी छ । आज दिउँसो ४ बजेदेखि विद्युतीय मेसिनबाट मतदानको तयारी छ । पछिल्ला दिनमा राजनीतिका सुझबुझवाला कुरा गर्ने उनको तारिफ र विरोध दुवै हुने गरेको छ।