यी हुन् एमालेका अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मका ६८३ उम्मेदवार

मंगलबार, पुस १, २०८२

नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा सहभागी हुने उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ ।

केन्द्रीय निर्वाचन समितिले विभिन्न पदका लागि परेका उम्मेदवारहरूको सम्बन्धमा दाबी, विरोध, उजुरी र छानबिनपछि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको हो ।

सार्वजनिक गरेको नामावली अनुसार, अध्यक्ष पदमा दुई जना निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

यस्तै, १ महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डेको मनोनयन भएको छ । ५ जना उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परेको छ । ३ उपमहासचिवका लागि ७ जनाको उम्मेदवारी छ । ९ सचिवका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ ।

अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मका ६८३ उम्मेदवारको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्। 

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  ०८:२१
प्रतिक्रिया दिनुहोस्