सोसल मिडिया
युनिकोड
भिजिट भिसा सेटिङ प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिवि अध्यागमनका तत्कालिन हाकिम तीर्थराज भट्टराईलाई डामेपछि उनको ब्याकफोर्स भनेर चिनिएका म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बद्रीप्रसाद तिवारीलाई गृहमन्त्रालयले बरण्डामा उभिने गरि यतै बोलाएको छ।
आयोगको छानबिनमा रहेका तिवारी म्याग्दीको सिडिओबाट गृहमन्त्रालय आईपुगेका हुन्। तत्कालिन गृहमन्त्री रमेश लेखकका प्यारा तिवारीको बिचल्ली हुने क्रम सुरु भएको छ। तिवारीलाई गृह मन्त्रालय तानेर गृह मन्त्रालयका उपसचिव रविन्द्र आचार्यलाई म्याग्दीको सिडिओ बनाएर पठाइएको छ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री लेखकका निजी सचिव रहेका तिवारीलाई पनि अख्तियारले डाम्ने साईत जुराईरहेको छ। उनी संगै गृहका तत्कालिन उच्च अधिकारी घानमा पर्दैछन।
तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी र उनको सचिवालय पनि भिजिट भिसा प्रकरणमा अख्तियारको छानबिन दायरामा छन्। अध्यागमन विभागका तत्कालीन महानिर्देशक गोविन्दप्रसाद रिजाल, गृह मन्त्रालयका तत्कालीन शान्ति सुरक्षा हेर्ने महाशाखा प्रमुख रामचन्द्र तिवारी र प्रशासन महाशाखा हेर्ने सहसचिव छवि रिजाल तर्फ पनि अख्तियारको दुरबिन सोझिएको छ।