सोसल मिडिया
युनिकोड
नेकपा एमालेले पार्टी केन्द्रीय कमिटीले विधान संशोधन गर्ने निर्णय गरेको छ । ११ औँ महाधिवेशनको बन्द सत्र सुरू हुनुअघि आज बसेको केन्द्रीय कमिटी बैठकले १९ पदाधिकारीसहित ३५१ सदस्यीय कमिटी कायम रहने गरी विधान संशोधन प्रस्ताव गर्ने निर्णय गरेको बैठकमा सहभागी एक स्थायी कमिटीका सदस्यले जानकारी दिए ।
बैठकमा अध्यक्ष ओलीले विधान संशोधनको प्रस्ताव बहुमत सदस्यले स्वीकृत गरेको हो। उनका अनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३, सचिव ७ सदस्य रहनेछन्। यसैगरी स्थायी कमिटी ४५, पोलिटब्युरो ९९, केन्द्रीय कमिटी ३०१ नै रहनेछ।
भदौ अन्तिम साता गोदावारीमा भएको विधान सम्मेलनले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिवसहित १५ सदस्य रहेको पदाधिकारीसहित २ सय ५१ सदस्यीय केन्द्रीय कमिटीको संरचना बनाउने निर्णय गरेको थियो।