ओलीले निम्तो दिएका प्रचण्डले सुर्खेर पुगेर तिनै ओलीलाई सुर्किए पाखुरा 

शनिबार, मंसिर २७, २०८२

नेकपा एमालेको ११ औँ महाधिवेशनमा शुभकामनाका लागि अतिथितको निम्तो पाएका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत पुगेका छन्। 

उनी कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को एकता सन्देश सभालाई सम्बोधन गर्न त्यहाँ पुगेका हुन्। उनीसँगै माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरू पनि सुर्खेत गएका छन्। 

एमाले नेताहरुका अनुसार प्रचण्डले कार्यक्रममा आउने बचन दिएका थिए। उनी सुर्खेत पुगेपछि देव गुरुङ एमालेको कार्यक्रममा पुगेका छन्। प्रचण्डले त्यहाँ आयोजित कार्यक्रममा पुगेर ओलीकै विरोधमा पाखुरा सुर्किएका छन्। 

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  १५:०५
प्रतिक्रिया दिनुहोस्