जेनजी आन्दोलनमा युवाको ज्यान कसरी गयो ? ओलीले दिए यस्तो बयान 

शनिबार, मंसिर २७, २०८२

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हिंसा भड्काउने तत्वका कारण युवा विद्यार्थीको ज्यान गएको बताएका छन्। 

एमालेको एघारौँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै युवा विद्यार्थीलाई अगाडि सारेर संसद् भवनमा आगजनी गरिएको बताए। जसले गर्दा युवा विद्यार्थीको ज्यान जाने अवस्था आएको उनको भनाइ छ। 

तत्कालीन प्रधानमन्त्री ओलीले भने, ‘हिंसा भड्काउने तत्वका कारण युवा विद्यार्थीको ज्यान जाने अकल्पिनीय परस्थिति बन्यो।’

जेनजी आन्दोलनका क्रममा भदौ २३ गते १९ विद्यार्थीको ज्यान गएको थियो। हिंसा भड्काउने तत्वका कारण ज्यान जाने अवस्थ आएको उनले बताएका हुन्। 

युवाका मागप्रति आफू सकारात्मक रहेको उनको भनाइ थियो। ‘नवयुवाको मागप्रति कसैको असहमति थिएन। सामाजिक सञ्जाल बन्द गर्ने होइन, नियमन गर्ने मात्रै हाम्रो चाहना थियो,’ ओलीले भने, ‘युवा विद्यार्थीको शान्तिपूर्ण कार्यक्रममा घुसपैठ भयो।’

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  १४:५३
प्रतिक्रिया दिनुहोस्