एमाले सकियो भन्ने भाष्य गलत भएको भन्दै ओलीले एमाले अजम्बरी भएको गरे घोषणा

शनिबार, मंसिर २७, २०८२

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एमाले अजम्बरी रहेको बताएका छन्।

शुक्रबार एमालेको ११ औँ महाधिवशेनको उद्घाटन सभालाई भक्तपुरमा सम्बोधन गर्दै उनले एमालेको सान्दर्भिकता सकियो भन्ने भाष्य बनाइए पनि त्यो आजको सभाले त्यो गलत भएको प्रमाणित गरेको बताए। 

‘पुरान पार्टी सकिए, पुराना नेताको दिन गए र नेकपा एमालेृको सान्दर्भिकता समाप्त भयोर यस्तो भाष्य बनाइक्ष्एको थियो,’ ओलीले भने, ‘तर, यो जनसागरले लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्बरी छ भन्ने देखायो।’

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  १४:२९
प्रतिक्रिया दिनुहोस्