सोसल मिडिया
युनिकोड
पाँचौ पटक अन्तरिम मन्त्रिपरिषद् बिस्तार भएको छ। पाँचौ पटकमा चार मन्त्री थपेर प्रधानमन्त्री सुशीला कार्कीले चौध सदस्यीय मन्त्रिपरिषद् बनाएकी छन्।
थपिन लागेका नयाँ मन्त्रीमा कुमार इङनाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, राजेन्द्रसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा, माधव चौलागाईं वन तथा वातावरण र श्रद्धा श्रेष्ठ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले उनीहरूलाई मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छन् । नयाँ मन्त्रीको नाम राष्ट्रपतिको कार्यालय पुगेको छ। आजै तीन बजे सपथ हुने भएको छ।
प्रधानमन्त्री कार्कीको नेतृत्वमा शुक्रबार सरकार पाँचौँ पटक पुनर्गठन भएको छ । २०८२ भदौ २७ गते गठन भएको सरकार भदौ ३०, असोज ६ र कार्तिक ९ गते गरी चार पटक विस्तार भइसकेको छ । चार जना मन्त्री थपिए पनि प्रधानमन्त्री कार्की संगै चार मन्त्रालय रहनेछन्।