भिजिट भिषा तस्करी काण्डमा अख्तियारले सहसचिव भट्टराई सहित क-कसलाई डाम्यो ?

बिहीबार, मंसिर २५, २०८२

भिजिट भिषा तस्करी प्रकरणमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराई लाई अख्तियारले डामेको छ । उनी सँगै शाखा अधिकृत यज्ञ अर्याल पनि घानमा परेका छन् भने अन्य ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराई र अर्यालसहित ६ जनालाई प्रतिवादी बनाएर बिहिबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

भिजिट भिषामा विदेश जाने नेपाली यात्रुबाट रकम असुलेको आरोपमा उनीहरूमाथि अख्तियारले अनुसन्धान गरेको थियो। सह सचिव भट्टराई ७ जेठ २०८२ मा विमानस्थलबाटै पक्राउ परेका थिए। उनी त्यतिबेला विमानस्थल अध्यागमन प्रमुख समेत थिए।

अख्तियारले सहसचिव तीर्थराज भट्टराई विरुद्ध करिब ७९ लाख र अर्याल विरुद्ध ५ लाख विगो माग दावी गरेको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  १५:०७
प्रतिक्रिया दिनुहोस्