कुलमानले हुत्याएका हितेन्द्र अदालतले टेको लगाएपछि तिनै कुलमान भेट्न पुगे 

बिहीबार, मंसिर २५, २०८२

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य ऊर्जा, जलस्रोत तथा सिँचाइ कुलमान घिसिङलाई भेट्न सिंहदरबार पुगेका छन् । मन्त्री भएपछि घिसिङले शाक्यको अड्डासार गरेर नेपाल विद्युत् प्राधिकरणको कार्यकारी प्रमुखबाट हटाएका थिए ।

त्यसविरुद्ध सर्वोच्च अदालत पुगेका शाक्यलाई पुर्नबाहली गर्न आदेश दिइएको थियो । पुर्नबाहली भएपछि पहिलोपटक मन्त्री भेट्न मन्त्रालय पुगेका हुन् शाक्य । अहिले उनी मन्त्री घिसिङ भेट्न लाइनमा छन् ।

पदबाहली गर्दा शाक्यले मन्त्री घिसिङसँग सहकार्य गरेर सकरात्मक नतिजा दिन सकिने बताएका थिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  १२:५४
प्रतिक्रिया दिनुहोस्