उपरीमाथि थुपरी श्रीमती भेला गरेपछि डीएसपीकै हातमा लगाईयो हत्कडी

बुधबार, मंसिर २४, २०८२

प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले पक्राउ गरेको हो । 

उनी बहुविवाह कसुरमा पक्राउ परेका हुन् । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेन्द्र भट्टले नेपालको पूर्वपत्नीको जाहेरीका आधारमा नेपाल पक्राउ परेको जानकारी दिए ।

नेपाललाई थुनामा राखेर नै प्रहरीले अनुसन्धान थालेको छ । नेपालको जेठी श्रीमतीबाट एउटा छोरी र कान्छीबाट दुई छोरी छन् । नेपाल पक्राउ परे लगत्तै निलम्बनको प्रक्रिया अघि बढेको छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  १३:०५
प्रतिक्रिया दिनुहोस्