सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री सुशीला कार्कीले अहिले साँझ ५ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाएकी छिन्।
बैठकमा मन्त्रालयहरूले पेस गरेका नियमित प्रस्तावसँगै केही महत्त्वपूर्ण विषयमा निर्णय हुने स्रोतको भनाई छ।
त्यस्तै प्रशासन सेवाको रिक्त रहेको एक सचिव पदमा अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेललाई बढुवा गर्नेछ । बढुवा सिफारिश समितिले वरिष्ठ सहसचिव पौडेल सहित बैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भट्टराई र इन्दु घिमिरेको नाम सिफारिश गरेको छ ।
आजको क्याबिनेटले दुई दर्जन हाराहारीको संख्यामा सहसचिवको सरुवा गर्ने बुझिएको छ ।