सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँबीच आज छलफल हुँदैछ।
सोमबार दिउँसो ३ बजे सिंहदरबारमा प्रसाईँसँग प्रधानमन्त्री कार्कीको वार्ता गर्न लागेकी हुन्।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले यही मंसिर १५ गते प्रसाईंलाई पत्र लेखेर आज (मंसिर २२ गते) दिउँसो ३ बजेका लागि छलफल गर्न बोलाएका हुन्।
मेडिकल व्यवसायी प्रसाईँकै आग्रहअनुसार उनीसँग प्रधानमन्त्री कार्कीले छलफल गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रसाईंको समूहले राजसंस्था पुनःस्थापना, हिन्दु अधिराज्य कायम हुनुपर्ने लगायतका माग राखेर विभिन्न ढंगले आन्दोलन गर्दै आएको छ। केही दिनअघि भारत पुगेका प्रसाई आइतबार मात्रै काठमाडौँ आइपुगेका छन्।
यही मंसिर १२ गते प्रसाईँले गृहमन्त्री ओम प्रकाश अर्यालसँग पनि वार्ता गरेका थिए। त्यो वार्तामा उनले आफूले प्रधानमन्त्री कार्कीसँगै वार्ता गर्न चाहेको बताएपछि सरकारले उनलाई वार्ताको लागि बोलाएको हो।