झापाली सभामुखले झापा पुगेरै गरे निर्वाचन हुनेमा शङ्का

शनिबार, मंसिर २०, २०८२

सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास बढेको बताएका छन् । वीरता जेसिज विर्तामोडको आयोजनामा आज झापामा आयोजित ‘सङ्कटपछि देशको अर्थतन्त्रः अवसर र चुनौती’ विषयक कार्यक्रममा उनले सुरक्षालगायत कारणले निर्धारित समयमा निर्वाचन हुनेमा शङ्कासमेत रहेको बताए । 

सभामुख घिमिरेले मुलुकमा राजस्व सङ्कलन कमजोर हुँदा सामान्य खर्च धान्न पनि सरकारले ऋण लिनुपर्ने अवस्था आएको भन्दै यस्तो बेला निजी क्षेत्रलाई विश्वासमा लिनसक्नुपर्ने बताए । ‘मुलुकमा अराजक गतिविधि बढ्दै जाँदा निजी क्षेत्र लगानी गर्न हिचकिचाइरहेको समय छ । सुरक्षाका कारण मनोबल कमजोर भएको छ, त्यसैले निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाउन लाग्नुपर्छ’, उनले भने । 

सभामुख घिमिरेले एमाले अध्यक्ष केपी ओली समेतको गृहजिल्ला पुगेर सो कुरा बताएका हुन्। सभामुख पनि झापाली नै हुन्। 

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२  २०:०५
प्रतिक्रिया दिनुहोस्