बलात्कारी ठहर गर्दै अमेरिकाले भिसा नदिएपछि सन्दीपले क-कसलाई गुहारे ?

बिहीबार, जेठ १०, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएपछि नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले पहल थालेको छ । क्यानका सचिव पारस खड्का लगायतले भिसा प्रक्रियाका लागि आज खेलकुदमन्त्री देखि प्रधानमन्त्री कार्यालयसम्म दौडधूप गरेका छन् ।

उनले आज खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई भेटेर भिसा प्रक्रियामा सहजीकरण गर्न आग्रह गरेको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

शाहीले लेखेका छन्, 'बिहानै देखि सन्दिप लामिछानेलाई विश्वकप खेल्न अमेरिका जाने भिसा प्रक्रियाका लागि नेपाल सरकारका सबै निकाय  प्रधानमन्त्री कार्यालय  ,गृहमन्त्री र खेलकुद मन्त्री ज्यु सँग पहल गरेका छौ ! आशा छ  विश्वकप खेल्ने बाटो खुल्ने छ रु नेपाली चन्द्र सूर्य झण्डा फरफराउने छ !'

आगामी जुन १ देखि २९ तारिखसम्म वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप खेल्न नेपाली टोली अमेरिका पुगिसकेको छ । 

उच्च अदालत पाटनबाट बलात्कार गरेको आरोपमा लामिछानेले सफाइ पाएपछि क्यानले लामिछानेलाई विश्वकप खेल्न अमेरिका पठाउन लागेको हो । तर अमेरिकाले भने लामिछानेलाई भिसा दिएकाे छैन । 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  २२:१६
प्रतिक्रिया दिनुहोस्