पर्यटन मन्त्रालयका सहसचिव डंगोल क्यानको डिजी नियुक्त

शुक्रबार, मंसिर १९, २०८२

नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकको जिम्मा मुकेश डंगोललाई दिइएको छ ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी भ्रष्ट्राचार मुद्दामा निलम्बित भएपछि डंगोललाई अर्को व्यवस्था नहुदाँ सम्मका लागि महानिर्देशकको कामकाज गर्ने जिम्मेवारी तोकिएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीको निर्णयले मन्त्रालयका सहसचिव डंगोललाई महानिर्देशकको जिम्मेवारी तोकेको हो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  १७:४८
प्रतिक्रिया दिनुहोस्