सोसल मिडिया
युनिकोड
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशक वरिष्ठबीचको लिगलिगे दौड सुरु भएको छ। क्यानका महानिर्देशक (डिजी) प्रदिप अधिकारी भ्रष्टाचार मुद्दामा डामिएर निलम्बनमा परेपछि खाली भएको उक्त पदमा पुग्न क्यानका वरिष्ठ पाँच भाई कस्सिएरै लागेका छन्।
वरिष्ठलाई बनाएको खण्डमा लमजुङ्गे प्रतातबाबु तिवारी पहिलो नम्बरमा छन्। उनी संगै बाह्रौं तहका क्रमश: देवचन्द्रलाल कर्ण, हंसराज पाण्डे, प्रेमनाथ ठाकुर र जगन्नाथ निरौला पनि छन्। सबैले डिजी हुन गच्छे अनुसार जोडबल गरिरहेकै छन्। तर वरिष्ठतालाई नमिच्ने हो भने तिवारीलाई नै बनाउनु पर्ने हुन्छ।
वर्तमान सरकारले गरेका बढुवा र नियुक्तिमा वरिष्ठतालाई मिचेको नजिर छैन। प्रहरी प्रमुख देखि मुख्यसचिवसम्मै वरिष्ठताका आधारमा भएको नियुक्ति क्यानमा पनि दोहोरीए तिवारीको भाग्य चम्किनेछ। उनी संगै कर्ण पनि दाबेदारी प्रस्तुत गरिरहेका छन्।