चौबिस क्यारेटको ‘जेनजी’लाई सिंहदरबार प्रवेशमै काँडेतार 

मंगलबार, मंसिर ९, २०८२

गरिखान देऊ अभियानका संयोजक ‘जेनजी’ मिराज ढुंगानाको समूहलाई प्रहरीले सिंहदरबार प्रवेशमा रोक लगाएको छ । प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन भन्दै आज मंगलबार सिंहदरबारको गेटमा पुगेको उक्त समूहलाई प्रहरीले प्रवेश नदिएको हो । ढुंगानाले आफूलाई चौबिस क्यारेटको ‘जेनजी’ भन्ने गरेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवन भट्टराईले निषेधित क्षेत्रमा पाँचजनाभन्दा बढी मानिस जम्मा भएपछि सोहीअनुसार हटाइएको बताए ।

“सिंहदरबार वरिपरि निषेधित क्षेत्र हो । त्यहाँ पाँचजनाभन्दा बढी जम्मा भएपछि निषेधित क्षेत्रको पालना गरेका हौँ । सिंहदरबार प्रवेश गर्नका लागि त प्रवेश पास लिनुपर्ने होला, नियम पालना गर्नुपर्ने होला नि !,” उनले भने ।

सोमबार (मंसिर ८) पनि ढुंगानाको टिम प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने भन्दै सिंहदरबार पुगेको थियो । तर, प्रधानमन्त्रीसित भेट सम्भव भएको थिएन ।

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  १३:३३
प्रतिक्रिया दिनुहोस्