‘भूतले खाजा खाने बेला’ घर जाने मुख्यसचिवलाई राष्ट्रपतिको फलिफाप शुभकामना 

मंगलबार, मंसिर ९, २०८२

नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले राष्ट्रपति भवन शितलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग मुख्यसचिवको हैसियतमा बिदाइ भेट गरेका छन्। 
 
मुख्यसचिव अर्याल आज राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाँदै छन् । राति १२ बजेपछि अवकाशमा जाने अर्यालले दिउँसोको १२ नबज्दै शितलनिवास पुगेर बिदाई भेट गरेका हुन् । नेपाली समाजमा रातको १२ बजेलाई भूतले खाजा खाने समय भन्ने गरिन्छ ।

राष्ट्रपति पौडेलले अर्यालको कार्यकालमा गरेका योगदानको प्रशंसा गर्दै अवकाशपछिको जीवनमा फलिफाप होस् भन्ने शुभकामना दिएको बुझिएको छ।अर्यालले १५ महिना मुख्यसचिव चलाएका छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  १३:२४
प्रतिक्रिया दिनुहोस्