एमालेले एकै दिन दुई तिरै भ्यायो, कताको ढोक्सामा पर्छ माछा ? 

मंगलबार, मंसिर ९, २०८२

प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि नेकपा (एमाले)ले दल दर्ता गराएको छ । मंगलबार (मंसिर ९) निर्वाचन आयोग पुगेर एमाले निर्वाचन विभाग प्रमुख नीरज आचार्यले दल दर्ता गराएका हुन् । 

“आज दल दर्ता गराएका छौं । ६६औं नम्बरमा दर्ता भएको छ,” आचार्यले भने । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय बुधबारसम्म तोकिएको छ ।

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमाले आजै सर्वोच्च अदालत पनि पुगेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  १२:५५
प्रतिक्रिया दिनुहोस्