सोसल मिडिया
युनिकोड
नेकपा एमालेले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएको छ।
असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरिएको जिकिर गर्दैै एमालेले मंगलबार रिट दिएको एमाले नेता महेश बर्तौलाले जानकारी दिए।
उनका अनुसार एमाले संसदीय दलको तर्फबाट प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित रिट निबेदन दिएको हो।
गत मंगलबार बसेको विघटित प्रतिनिधि सभा संसदीय दलको बैठकले एमालेका सांसदहरूको हस्ताक्षर लिएर विघटनविरुद्ध सर्वोच्चमा जाने निर्णय गरेको थियो।
एमालेले विघटन असंवैधानिक भएको जिकिर गर्दै पुनर्स्थापनाको माग गरिरहेको छ भने फागुन २१ गते तोकिएको चुनावको विरोध गरिरहेको छ।