सुतेकै बेला बाबु दुर्गालाई प्रहरीले थुतेपछि छोराले अदालत गुहारे, पोखरेल श्रीमानले के गर्लान् ? 

बिहीबार, मंसिर ४, २०८२

दुर्गा प्रसाईंलाई थुनामा राखिएको विरुद्धमा उनका छोरा निराजन प्रसाईंले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको पेसी न्यायाधीश मेघराज पोखरेलको इजलासमा तोकिएको छ ।

सरकारले अनुमति नदिए जबरजस्ती विरोध प्रदर्शनमा उत्रिने घोषणा गरेपछि सार्वजनिक शान्ति विरुद्धको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । प्रमुख जिल्ला अधिकारीमार्फत म्याद थप गरी उनलाई थुनामा राखिएको छ । प्रसाईलाई मध्यरातमा सुतेकै बेला प्रहरीले थुतेको थियो। 

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  १२:२८
प्रतिक्रिया दिनुहोस्