मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिको लफडा सुवेदी र पोखरेलले निफन्दै 

मंगलबार, मंसिर २, २०८२

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ जारी रहेको छ । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको इजलासमा सो रिट सुनुवाइ भइरहेको हो ।

मुख्यमन्त्रीमा यादवको नियुक्तिमाथि प्रश्न उठाउँदै नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद यादवसहित ७४ जना सांसदले रिट दायर गरेका थिए । निवेदकले उक्त रिटमा अन्तरिम आदेश माग गरेका छन् । आज अन्तरिम आदेशको बारेमा दुवै पक्षसँग छलफल भइरहेको हो ।

तत्कालीन मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले नेपालको संविधानको धारा १६८ (३) बमोजिम प्रदेशसभामा सबैभन्दा ठूलो दलको संसदीय दलको हैसियतले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिईन् ।

पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेशसभामा राजीनामा दिइसकेको अवस्थामा संविधानको धारा १६८(२) बमोजिम बहुमतको सरकार बन्नुपर्ने माग रिट निवदेकको रहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  १३:१३
प्रतिक्रिया दिनुहोस्