सोसल मिडिया
युनिकोड
नेकपा एमालेले ‘विघटित’ संसदीय दलको बैठक बोलाएको छ। आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले संसदीय दलको बैठक बोलाइएको विघटित प्रतिनिधि सभाका एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।
उनका अनुसार मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थितिको बारेमा छलफल हुनेछ। लोकतान्त्रिक र संवैधानिक निकासका लागि पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा विघटित प्रतिनिधि सभाका सांसदहरुसँग एमालेले छलफल गर्न लागेको हो।
बैठकमा अध्यक्ष ओलीले निर्देशनात्मक मन्तव्य दिने बर्तौलाले बताए। आजको बैठकमा प्रतिनिधि सभा विघटनबारे पार्टी आफैँ अदालतमा संवैधानिक परीक्षणका लागि जानेकी नजाने भन्ने बारे छलफल हुनेछ।
गत भदौ २७ गते प्रतिनिधि सभा विघटन भएको थियो। आगामी फागु्न २१ गते तोकिएको निर्वाचनका लागि निर्वाचन आयोगले मंसिर १ गतेदेखि मंसिर १० गतेसम्म प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय निर्धारण गरेको छ ।
एमालेले प्रतिनिधि सभाको बैठक असंवैधानिक भएको ठहर गरेको छ।