सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुरबाट उपचारपछि फर्केलगत्तै पार्टीभित्रका विवादमा सक्रिय भएका छन् । उनले शनिबार साँझ संस्थापन पक्षका चार नेताहरू प्रवक्ता डा. प्रकाशशरण महत, एनपी साउद, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीसँग चुनदेवीस्थित आफ्नो निवासमा बोलाएर भेटघाट गरेका हुन् ।
जेनजी आन्दोलनमा घाइते भएका देउवा उपचारपछि चुनदेवीमा बस्दै आएका छन् । शनिबारको छलफलमा महाधिवेशनको समयलाई लिएर पार्टीभित्र बढिरहेको किचलो मुख्य एजेन्डा बनाएर छलफल भएको हो ।
कांग्रेसमा चुनावअघि महाधिवेशन गर्नुपर्ने वा चुनावपछि नै गर्ने भन्ने दुई धार स्पष्ट देखिँदै आएको छ। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनतर्फ हुनुपर्ने बताउँदै आएका छन् ।