एमालेका पत्रकारलाई वरिपरि राखेर ओलीले घाम ताप्दै सुनाए यस्ता अनेक कुरा

आइतबार, कात्तिक ३०, २०८२

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको शान्ति सुरक्षाको विषयलाई लिएर चिन्ता व्यक्त गरेका छन् । आज (आइतबार) भक्तपुरको गुण्डमा प्रेस चौतारीका नेताहरुसँगको छलफलमा उनले अहिले देशलाई शान्ति सुरक्षाको खाँचो रहेको बताएका हुन् । उनले अहिले देशमा विधिको शासन नरहेको पनि बताए । ‘समृद्धिका कुरा पछि गरौंला । अहिले यो देशलाई शान्ति सुरक्षा चाहिएको छ,’– उनले भने ।

साथै, उनले एमाले चुनावबाट नभाग्ने बताए । एमाले देशको सबैभन्दा ठूलो र मजबुद पार्टी रहेको उल्लेख गर्दै उनले निर्वाचनबाट भाग्दैनौं, डराउँदैनौं भनेर लुते कुरा गरिरहन आवश्यक नरहेको बताए । उनले अहिलेको अवस्थामा चुनाव हुनै नसक्ने बताए । प्रहरीबाट लुटिएका हातहतियारहरु बाहिर नै रहेको र कारागारबाट फारर भएका अपराधिहरुलाई समेत नियन्त्रणमा लिन नसकिएको अवस्थामा चुनाव हुनै नसक्ने उनको जिकिर छ ।

‘देशको सबभन्दा ठूलो सबभन्दा मजबुत पार्टी चुनावबाट भाग्दैनौं, डराउँदैनौं भनेर लुते कुरा गरिरहनुपर्छ र ? चुनाव भए हामी चुनाव गराउन चाहन्छौं,’– उनले भने ।

उनले सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक भन्दै यसलाई चुनाव गराउने हक नरहेको बताए । देशका लागि विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने उनको अडान रहेको छ । देशको सबभन्दा ठूलो सबभन्दा मजबुत पार्टी चुनावबाट भाग्दैनौं, डराउँदैनौं भनेर लुते कुरा गरिरहनुपर्छ र ? चुनाव भए हामी चुनाव गराउन चाहन्छौं । तर, यत्रो हतियार बाहिर, यत्रा अपराधी बाहिर ।

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  १२:५०
प्रतिक्रिया दिनुहोस्