सोसल मिडिया
युनिकोड
नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की बोल्दा बोल्दै भक्कानिएका छन् । बिहीबार (कात्तिक २७) गृह मन्त्रालयमा आईजीपीको दर्ज्यानी चिह्न लगाएपछि सम्बोधन गर्ने क्रममा उनी अमर प्रहरीलाई सम्झँदा भक्कानिएका हुन् ।
सम्बोधनको सुरुआतमै अमर प्रहरीको प्रसंगमा बोल्दै गर्दा उनको गला अवरुद्ध भएको थियो ।
‘म सर्वप्रथम राष्ट्र र नागरिक सेवाका क्रममा वीरगति प्राप्त गर्नुभएका’ भनेपछि उनी भक्कानिएका थिए । गुल्मीमा जन्मिएका उनी २०५४ सालमा प्रहरीमा प्रवेश गरेका थिए।