'जेनजी'लाई थान्को लगाउन गृहमन्त्री अर्याल लागेको भन्दै सुधनले मागे राजीनामा

बिहीबार, कात्तिक २७, २०८२

हामी नेपाल नामक संस्थाका संयोजक सुधन गुरुङले 'जेनजी' आन्दोलनको भावनाअनुसार चल्न नसके मार्गप्रशस्त गर्न गृहमन्त्री ओमप्रकाश अर्याललाई सुझाव दिएका छन् ।

बिहीबार (कात्तिक २७) काठमाडौं महानगरले लैनचौरस्थित स्काउटको जग्गामा बनाइएका संरचना भत्काउने क्रममा सोही स्थानमा पुगेका गुरुङले 'जेनजी' आन्दोलनको भावनाअनुसार अघि बढ्न गृहमन्त्रीले खुट्टा कमाइरहेको टिप्पणी गरे । 'जेनजी'को भावनाअनुसार चल्न नसके मार्गप्रशस्त गर्न गृहमन्त्री अर्याललाई उनले सुझाव दिए ।

अहिले 'जेनजी' आन्दोलनको भावनाअनुसार काम गर्ने मन्त्रीहरूको आवश्यकता रहेको गुरुङको भनाइ छ । गृहमन्त्रीबाहेक अन्य मन्त्रीहरूले भने 'जेनजी' आन्दोलनको भावनाअनुसार काम गरिरहेको बताए ।

शिक्षा, स्वास्थलगायत क्षेत्रमा चरम भ्रष्टाचार भएकाले सबै मिलेर भ्रष्टाचारमुक्त देश बनाउनुपर्ने उनको भनाइ छ । सरकारी जग्गा हडपेर बनाएर संरचना हटाएर जनता र राज्यलाई न्याय दिइएको गुरुङको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  १२:३८
प्रतिक्रिया दिनुहोस्