सोसल मिडिया
युनिकोड
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको पार्टीको नाम टुंगो लागेको छ । विभिन्न नामहरूमा छलफल चलेपछि अन्तिममा ‘उज्यालो नेपाल पार्टी’ हुने गरी सहमति भएको नवगठित पार्टीका केन्द्रीय सदस्य जितराम लामाले जानकारी दिए ।
आइतबार ‘जनसेवा नेपाल पार्टी’ नाम राखी अगाडि बढ्ने सहमति भए पनि बेलुका भेला भएका नेताहरूले नमानेपछि नाम परिवर्तन गरिएको उनले बताए । उनका अनुसार पूर्व उर्जा सचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता हुनेछ । पार्टीमा रहने केन्द्रीय सदस्यहरूको टुंगो लगाउनका लागि अहिले पनि छलफल चलिरहेको छ ।
महाधिवेशनबाट पदाधिकारीहरू चयन गर्ने गरी आज निर्वाचन आयोगमा ‘उज्यालो नेपाल पार्टी’ दर्ता गर्न लागिएको उनले जानकारी दिए ।
गणतन्त्र दिवस–२०७४को अवसरका तत्कालिन सरकारले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका तत्कालिन सचिव उपाध्याय र नेपाल विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक घिसिङलाई सुप्रबल जनसेवाश्री पदक दिएको थियो।