नयाँ मुख्यमन्त्री जलेश्वर मन्दिर पुग्दा मुख्यमन्त्रीको कुर्सी मिल्काईयो 

सोमबार, कात्तिक २४, २०८२

नयाँ मुख्यमन्त्री नियुक्त विवादले मधेश प्रदेशमा तनाव बढेको छ । नयाँ मुख्यमन्त्री सरोज यादव चाँही जलेश्वर मन्दिर पुगेका छन्। 

आक्रोशित विपक्षी गठबन्धनका नेताहरूले मुख्यमन्त्री कार्यकक्ष नै तोडफोड गरेका छन् । एमालेबाहेक दलहरूका नेता कार्यकर्ताले सांसदहरू कार्यालयभित्र पुगेर कार्यकक्षमा तोडफोड गरेका हुन् ।

आक्रोशित सांसद वीरेन्द्रकुमार सिंहले नेपालको राष्ट्रिय झण्डा निकालेर फालेका छन् । साथै, मुख्यमन्त्रीको कुर्सी पनि तोडफोड गरेर कुर्सी फालेका छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  ११:५४
प्रतिक्रिया दिनुहोस्