सोसल मिडिया
युनिकोड
गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालयको प्रकृति नै संवेदनशील हुने भएकाले कतिपय कामकारबाहीबारे बोल्न नमिल्ने बताएका छन् ।
जेनजी अगुवा सुदन गुरुङले गृहमन्त्री अर्यालको कार्यशैलीमा प्रश्न उठाइरहेका बेला उनले सामाजिक सञ्जालमार्फत गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय भएको उल्लेख गर्दै कतिपय विषयमा के गर्यौं र के गर्दैछौं भनेर भन्न नमिल्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो । कतिपय विषयमा के गर्दैछौं त भन्नै मिल्दैन, के ग¥यौं समेत भन्न नमिल्ने अवस्था हुन्छ ।’
मन्त्री अर्यालले यस अवस्थामा चुपचाप बसेर आफ्नो शुद्ध चित्तले कर्म गरिरहनेबाहेक सरकारसँग अरू कुनै विकल्प नभएको बताएका छन्। उनले भनेका छन्, ‘आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु विकल्प हुँदैन ।’
साथै उनले यस्तो संवेदनशीलतालाई बुझेर धैर्यता अपनाइदिन नागरिकहरूलाई आग्रह गरेका छन्।