सोसल मिडिया
युनिकोड
नेकपा (एमाले)का केन्द्रीय सदस्य पासाङ शेर्पालाई डिल्लीबजार कारागार चलान गरिएको छ । काठमाडौँ जिल्ला अदालतको आदेशले उनलाई डिल्लीबजार कारागारमा थुनामा राख्न पठाइएको हो ।
उनलाई पार्टी बाट निलम्बन गर्नुपर्ने आवाज उठेपनि एमाले अध्यक्ष केपी ओलीले जोगाएका शेर्पा कानूनको फन्दामा परेका हुन्।
शेर्पालाई प्रहरीले मंगलबार धुम्बाराहीबाट पक्राउ गरेको थियो । बहुविवाह मुद्दामा अदालतले उनलाई १ वर्ष कैद र ५ हजार जरिवाना हुने फैसला गरेको थियो ।
फैसला कार्यान्वयनको लागी उनलाई कारागार चलान गरिएको हो ।