प्रतिनिधिसभा निर्वाचनअघि नै गगनलाई किन चाहियो पार्टीको महाधिवेशन ?

मंगलबार, कात्तिक १८, २०८२

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको १५ औँ महाधिवेशन गर्नुपर्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री थापाले कुनै पनि हालतमा निर्वाचन अगाडि पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका हुन् ।

उनले निर्वाचन अगाडि नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशन गर्नुपर्नेमा जोड दिए । उनले भने– ‘निर्वाचन अगाडि पार्टीको महाधिवेशन हुनै पर्छ । नियमित महाधिवेशन गर्नुपर्छ भन्ने मेरो भनाइ हो, यदि नियमित महाधिवेशन हुन सक्दैन भने विशेष भए पनि गरौँ ।’
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १५:०२
प्रतिक्रिया दिनुहोस्