कुलमानका लागि पार्टी र मन्त्री वल्लो दशैं कि पल्लो तिहार जस्तो, प्रधानमन्त्रीको चेतावनी 

मंगलबार, कात्तिक १८, २०८२

फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने एक मात्र म्यान्डेड सहित गठन भएको सुशीला कार्की नेतृत्वको सरकारका मन्त्री कुलमान घिसिङ्ग मन्त्री छोड्ने मूडमा पुगेका छन्। 

उर्जा, भौतिक सहित सहरी मन्त्रालयको कमाण्ड सम्हालेका कुलमानले भने जस्तो पार्टी अध्यक्ष नपाएपछि मन्त्री पद छोडेर आफैं पार्टी अध्यक्ष बन्न सरकार छोड्ने मनस्थितिमा पुगेको उनी निकट श्रोतको दाबी छ। 

घिसिङको नेतृत्वमा नयाँ दल निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ । पार्टीको नाम ‘उज्यालो नेपाल’ र चुनाव चिन्ह बिजुलीको बल्ब प्रस्ताव गरेर आयोगमा निवेदन दिन लागिएको हो । यहि हप्ता उनले पार्टी दर्ता गर्ने पक्कापक्की जस्तै छ। 

पार्टीको संयोजक (अध्यक्ष) मा उनी स्वयं रहने सम्भावना रहे पनि फाइनल नभइसकेको स्रोतको भनाइ छ । विश्वासिलो कोही पाए उसैलाई अध्यक्ष बनाएर मन्त्री भईरहने दाउ हेरेका उनले विश्वासिलो व्यक्ति भने अझै भेटेका छैनन्। 

‘उहाँ अहिले मन्त्री पदमा पनि रहनुभएकाले आफैँ पार्टी अध्यक्ष बन्ने कि नबन्ने भन्ने टुंगिइसकेको छैन । यद्यपि, ९० प्रतिशत सम्भावना उहाँ नै अध्यक्ष बन्ने छ,’ स्रोतले भन्यो ।

तत्कालीनरूपमा पार्टीमा संयोजक र केन्द्रीय सदस्यहरू मात्र रहनेछन् । २१ जनाको केन्द्रीय कमिटी राख्ने गरी छलफल भइरहेको स्रोतको भनाइ छ । पार्टी अध्यक्ष हुने भए मन्त्री छोड्न प्रधानमन्त्री कार्कीले यस अघि नै उनलाई भनिसकेकी छन्। कार्कीले दिएको चेतावनीका कारण पनि कुलमान थप दबाबमा रहेको श्रोतको भनाई छ। 

काठमाडौँका मेयर बालेनले चासो नदिएपछि कुलमान आफ्नै ढंगले अगाडी बढ्ने भएका छन्। पार्टी अध्यक्ष हुँदा मन्त्री पद जाने देखिएपछि भरपर्दो सारथि खोज्दै हिंडेका कुलमानले विश्वासिलो पात्र नभेटेपछि कुलमानका लागि पार्टी र सत्ता वल्लो दशैं न पल्लो तिहार जस्तै भएको छ। 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १३:११
प्रतिक्रिया दिनुहोस्